April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

इजरायलको द्वन्द्वमा परी निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउने सरकारको तयारी

1.2K

काठमाडौं । नेपाल सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउने तयार गरेको छ । इजरायल र प्यालेस्टाइनबीच भएको द्धन्द्धमा परी मृत्यु भएका उनीहलाई नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने सरकारले निर्णय गरेको हो ।

द्धन्द्धको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको छ ।

Advertisement