April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

इजरायलमा हमासको आक्रमणबाट ९ नेपाली घाइते

1.7K

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह (हमास)को आक्रमणमा परी नौ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले बताएको छ । तीमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।

मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

Advertisement

हमासले आक्रमण गरेपछि इजरायलमा काम गर्न गएका नेपाली विद्यार्थीहरु नेपाल फर्किन चाहेका छन् ।

अहिले पनि विभिन्न ठाउँमा मिसाइलहरु आक्रमण भैरहेकाले सरकारले चाँडै उद्धार गरेर स्वदेश फर्काइदेओस् भन्ने उनीहरुको माग छ ।

स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेबाट नै इजरायल माथि प्यालेस्टाइनी विद्रोही समूहले आक्रमण सुरु गरेको इजरायलमा रहेका नेपालीहरुले जानकारी दिएका छन् ।