काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा बद्री केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बुधबार साँझ भर्चुअल माध्यम जुमबाट उनले एनआरएनएको २०२३–२५ कार्यकालका लािग पुनः आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नाराहित गरिएको घोषणा सभामा बोल्दै डा केसीले एनआरएनएमा आफ्नो लामो अनुभव र योगदान रहेको भएको बताए । उनले भने, ‘एनआरएनएको आवश्यकता र अपरिहार्यताको बारेमा छलफल गर्ने समयदेखि म निरन्तर यस संस्थामा छु । २००३ मा पहिलोपटक काठमाडौंमा भएको अन्तराष्ट्रिय महाधिवेशनमा मेरो उपस्थिति थियो । सन् २००३ मा संसारकै पहिलो एनसीससी रसिया गठन भएपछि आज हामीसँग ७७ एनसीसीहरु स्थापना भइसकेका छन् । यी सबै एनसीसी स्थापना गर्नका लागि मेरो केही न केही भूमिका छ । विभिन्न फरकफरक पदहरुमा मेरो अनुभव छ । एनआरएनएको साधारण सदस्यदेखि अध्यक्षसम्म मेरो अनुभव छ ।’
डा केसीले सन् २०१३ मा पहिलोपटक कोषाध्यक्ष भएर निर्वाचित हुँदा संस्थाको आर्थिक स्थिति कहाली लाग्दो अवस्थामा रहको उल्लेख गर्दै संस्थाको विकास र सुधृणीकरणको लागि आफ्नो अहम् भूमिका रहेको दाबी गरे । उनले भने, ‘कर्मचारीहरुलाई तलब खुवाउन पनि चन्दा माग्नुपर्ने अवस्था थियो । त्यो अवस्थालाई हामीले १० वर्षमा असाध्यै फरक हिसाबले सुधा¥यौं । संस्थाले १० वर्षका अरबौंको काम गरिसकेको छ । २०१५–०१७ दुई कार्यकाल महासचिव पदमा रहँदा ४५ वटा भन्दा बढी राष्ट्रिय समन्य समितिहरु खुले, त्यसमा पनि मेरो अहम् भूमिका छ ।’
उनले देशमा नाकाबन्दीको अवस्थामा अन्तराष्ट्रिय दबाब दिनेदेखि २०७२ को महाभुकम्पमा पीडितहरुलाई सहयोग, पूनःनिर्माणमा सहयोग, कोभिड–१९ को समयमा अक्सिजनका व्यवस्थापनमा आफ्नो सहयोग र सहभागिता रहेको उनले बताए । ‘कोभिडको समय हामी सबैको परीक्षाको समय थियो । म आफै पारिवारीक रुपमा विक्षिप्त थिएँ । तर नेपालीहरुलाई सहयोग गर्नुपर्छ भनेर अनवरत लागिरहेँ । आइएलओ लगायतको संघसंस्थासँग हामीले लेखेको प्रपोजलको कारणले गर्दा हामीले १० करोड रुपैयाँ सहयोग पायौं’,उनले भने, ‘त्यस सहयोगल गर्दा हामीले करिब २ लाख बढी नेपालीहरुलाई सहयोग ग¥यौं ।’
उनले २०२१ को लागि पनि आफ्नो उम्मेदवारी दिएको तर आफूले उम्मेदवारी दिएकै कारण नेपालमा चुनाव हुन नसकेको स्मरण गर्दै जसकारण संस्था नटुक्रोस भनेर सबै उम्मेदवारले भूमिका खेल्नुका साथै योगदा गरेको बताए । ‘यदि त्यसबेलामा चुनाव हुनुपर्छ भनेर हठ गरेको भए संस्था कहिल्यै नजोडिने गरी दुईटुक्रा हुन सक्थ्यो । त्यसलाई हामीले पन्छायौं । अहिले पनि हामीसँग असन्तुष्ट भएका साथीहरुलाई सँगै लिएर जानका लागि सधैं खुला छौं । हामीले गरेको सहमतिमा हामी प्रतिवद्ध छौं । र, आजको दिनमा हिजो के गल्ति थियो ? भन्ने कुरा हामीले सच्याइसक्यौं । सदस्यता बनाउने समयदेखि नै हामीमा धेरै त्रुटिहरु थिए । आफ्नो सदस्यता आफै बनाउने, र फेस भेरिफिकेशनबाट सदस्यता गर्ने कुरामा अहिले हामीले स्माट “एनआरएनए” ल्याएका छौं । त्यो यसपटकका हाम्रो धेरै ठूलो सफलता हो’, उनले भने ।
यस्तै, उनले एनआरएनएलाई चुनावमुखी मात्रै बनाउन नहुने पनि बताए । ‘खाली जिताउन र हराउनका लागि मात्रै हैन, संस्थालाई जिम्मेवारी बनाउनुपर्छ र जिम्मवारी रोलमा बसेको व्यक्तिले कमसेकम अनुशासन पालना गर्नुपर्छ भन्ने मान्यताले नेपालमा अन्तिम नामावली सार्वजनिक भएपछि मात्रै मैले आज आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ’, डा केसीले भने ।
यस कार्यकालमा धेरै ठूला परिवर्तनका कामहरुको गरेको कार्यकारी अध्यक्ष डा केसीको दाबी छ । ‘महिला र युवाहरुका लागि चरम मनोनयन शुल्कले गर्दा वहाँहरुलाई ठूलो बाधा थियो । यसपटक महिला र युवाहरुका लागि ७५ प्रतिशत मनोनयन शुल्क कम गरेका छौं’, उनले भने, काठमाडौंमा भोट दिन जानुपर्ने यसअघिको बाध्यता थियो, त्यस बाध्यतालाई पनि हामीले चिरेका छौं । अब आआफ्नै ठाउँबाट भोट हाल्न सक्नुहुने छ । एनआरएनएको चुनावमा धेरै खर्च भयो, धेरै मान्छेलाई टिकट काटिदिनुप¥यो, होटेलको खर्च बेहोर्दिनुप¥यो भनेर यसअघि हामीलाई आक्षेप लाग्ने गर्थ्यो, त्यो आक्षेप अब आउदैन ।’
डा केसीले २० वर्षदेखि उठाएका मुद्दाहरुमध्ये नागरिताको विषयको सम्बोधन यस कार्यकालमा भएको बताए । यस्तै, वैदेशिक रोजगारमा जानेहरुका लागि २०१४ देखि सुरु गरेको सोसियल सेक्युरिटीका कुराहरु, २००७ बाट सुरु भएको सय मिलियन डलरको विषय यही कार्यकालमा सफल भएको उनको दाबी छ ।
आफ्नो कार्ययोजना सुनाउदै डा केसीले भने, ‘४० लाग भन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीमा गएका छौं । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी हुनु आजको अपहरीहार्यता हो । त्यसमा सामाजिक सुरक्षा कोष भर्खरै सुरु भएको छ । नेपालबाट जाँदाखेरी अनिवार्य सामाजिक सुरक्षामा जोडिने बाहेक अन्य साथीहरु जोडिनुभएको छैन । सामाजिक सुरक्षाको शुल्क अत्यन्तै महगो छ । यी सबै बाध्यताहरुलाई अब आउने कार्यकालमा सरकार र श्रम मन्त्रालयसँग मिलेर हामी सच्याउने छौं ।’ उनले विदेशमा सिकेको सीपलाई नेपालमा फर्केर सदुपयोग गर्ने, वैदेशिक रोजगारमा जानुअघि सीप सिकाएर मात्रै पठाउने, जसका कारण पाउनुपर्ने न्यूनतम तलबलाई दोब्बर तेब्बर गर्न सकिने, वैदेशिक रोजगारमा रहेका महिलाहरुको समस्या, मानव तस्करका समस्याहरु निराकरण गर्ने, विदेशबाटै डिम्याट एकाउन्ट खोलाएर दशौं लाख नेपालीहरुलाई संयुक्त लगानी कोषमा आवद्धता गराउने, प्रतिवद्धतासमेत गरेका छन् ।
कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष तथा उपाध्यक्षका प्रत्यासी डा हेमराज शर्माले लामोसमय एनआरएनएमा व्यतित गरेको हुँदा आफूलाइ पनि यस संस्था हाक्ने इच्छा रहेको तर यसपटक भने उपाध्यक्षको उम्मेदवारी रहेको हुँदा सहयोगको अपेक्षा रहेको बताए । उनले भने, ‘यति लामोसमय व्यतिग गरेको हुँदा मलाई पक्कै यो संस्था हाँक्ने रहर छ, तर यसपटक चाहीँ आफ्नो इच्छालाई स्थगित गर्दै म एकस्टेप पछाडि गएँ भने अगाडि आउनुभएका पाँचजना प्रत्यासी हुनुहुन्छ, वहाँहरुलाई एककिसिमको सहमतिको वातावरण बनोस् भन्ने हिसाबले उपाध्यक्षमा दोहोरिने निर्णय गरेको छु । यहाँहरुको सहयोगको अपिल गर्न चाहन्छु ।’ उनले डा केसी, रविना, महेश श्रेष्ठ सबैले पालैपालो अध्यक्ष बनुन् भन्ने चाहेको तर अहिलेलाई भने डा बद्री नै किन ? भन्ने ५ कारणहरु रहेको पनि बताए ।
यस्तै, कार्यक्रममा बोल्दै एनआरएनएका महासचिव तथा आउने कार्यकालका लागि महासचिवका प्रत्यासी गौरीराज जोशीले आफू सामाजिक क्रियाकलापमा सक्रिय भएको जानकारी दिनुका साथै सन् २००५ देखि नै एनआरएनएको विभिन्न क्रियाकलापमा संलग्न हुँदै आएको बताए । उनले डा बद्री केसीसँगै आफूहरुले ‘स्मार्ट एनआरएनए’ को कन्सेप्ट ल्याएको बताए ।
यस्तै, कार्यक्रममा एनआरएनए उपाध्यक्ष प्रत्यासी डा विनोद श्रेष्ठ, चिरन्जिवी घिमिरे लगायतले अध्यक्षका प्रत्यासी डा केसीलाई शुभकामना दिनुका साथै आफ्ना उम्मेदवारीबारे बोलेका थिए । उम्मेदवारी घोषणा सभा कार्यक्रममा, अमेरिका, चीन, माल्टा, इजरायल, रसिया, बेल्जियम, कतार, साउदी अरेबिया लगायत विश्वभरका विभिन्न देशहरुबाट एनसीसी, आइसीसीका पदिाधिकारीहरु तथा पत्रकार गरी ४ सय पचास बढीको उपस्थिति रहेको थियो ।