September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

चीन र भारत नेपालका सधैँका छिमेकी हुँदा दुई देशसँग सन्तुलन कायम गर्नु बुद्धिमता छ: देउवा

560

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । चीन र भारत नै नेपालका सधैँका छिमेकी हुँदा सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । भारत र चीन नेपालका सधैंका छिमेकी हुन् । बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ । हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो ।’

सरकार र ब्युरोक्रेसीबीच एकापसमा मिलेर मात्रै देश विकास गर्न सकिने पनि उनले बताए।

Advertisement