काठमाडौं । शुक्रबारदेखि सुरू भएको नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ ।
दलको बैठकमा बोल्न चाहने सबै सांसदहरुलाई बोल्न दिइएका कारण बैठक लम्बिएको हो । शुक्रबारको बैठकमा १९ जना सांसदहरूले धारणा राखिसकेका छन् । पदाधिकारीसहित सभापति शेरबहादुर देउवाले भने धारणा राखेका छैनन् ।
बैठक विभिन्न सात एजेन्डामा केन्द्रित छ ।