May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

कांग्रेस संसदीय दलको बैठक स्थगित

445

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित गरेको छ।

दल कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे र संसदीय दल बैठक २ बजेका लागि बोलाइएकोमा बैठक मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको हो ।

संसदीय दल कार्यसमिति बैठक मंगलबार बिहान ८ बजे र संसदीय दल बैठक ९ बजे बस्ने तय भएको संसदीय दलले निकालेको सूचनामा उल्लेख छ। 

Advertisement

बैठक संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बस्नेछ।

सरकारले मंगलबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।