July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

1.9K

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ परेका छन् । शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार भारतको एक संस्थाबाट जारी भएको भनिएको उनको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् ।

उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन् । शर्मा कांग्रेस नेता शेखर कोइराला पक्षका मानिन्छन् ।

Advertisement