काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै न्यायधाीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सोही आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
विस्तृत शान्ति सम्झौता विपरीतको रिट दर्तामा प्रतिगमनकारी प्रवृत्तिहरू सलबलाएको उनको भनाइ छ । उनले १२ बुँदे समझदारी, शान्ति प्रक्रियाका पक्षधर राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेका छन् ।
नेपाली कांग्रेस महासमिति सदस्य जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले दाहालमाथि ५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्न गएका थिए ।