March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी रिटको सुनुवाइ आज

2.5K

काठमाडौँ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी रिटको सुनुवाइ आज हुँदै छ ।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले संसद अधिवेशन समाप्त भएकाले राणा माथि लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रविरुद्ध पूर्णमान शाक्यसमेत भई दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

pin up pinup

गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।

Advertisement

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ ।

सुनुवाइमा सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशहरु, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिल कुमार सिन्हा, र प्रकाशमान सिंह राउत रहनेछन् ।