November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्यसहित ५२ नेता, कार्यकर्ता माओवादी प्रवेश

2.6K

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्यसहित ५२ नेता, कार्यकर्ता नेकपा (माओवादी) केन्द्र प्रवेश गरेका छन् ।

माओवादी प्रवेश गरेका पोलिटब्युरो ओमप्रकाश पुनसहितको कार्यकर्तालाई केन्द्रको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

ओमप्रकाशसहित महाकाली इन्चार्ज दलबहादुर धामी, पुर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज रमेश परियार, सेती ब्युरो इन्चार्ज शंकर खड्कालगायतले केही अघि मात्रै सामुहिक राजीनामा दिएका हुन् ।

Advertisement