November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्वतन्त्रको जित हुनु माओवादीलाई सबक सिकाएको जस्तो लाग्छ: प्रचण्ड

2.1K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताएका छन् ।

पार्टीका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले भने, ‘हामीले राम्रासँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’

काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताएका हुन् ।

Advertisement

यद्यपि अब स्वतन्त्र उम्मेदवारहरुले नै देशभर जित्छन् भन्ने नभएको उनले बताए । ‘स्वतन्त्रको राज्य चल्ने भन्ने हुन सक्ने कुरा होइन ।’ प्रचण्डले भने ।