November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम हो: वर्षमान पुन

2.1K

काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम रहेको बताएका छन् । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटको पक्ष र विपक्षमा धारणा राख्ने क्रममा पुनले उक्त कदम क्रान्तिकारी छलाङ रहेको बताएका हुन् ।

मंगलबार संसदमा बोल्दै पुनले भने, ‘कृषिमा ३२ प्रतिशत बजेट बढाइएको छ । यो अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम हो ।’

६१ प्रतिशत बढी कृषिमा रहेका जनशक्ति बेरोजगार र अर्धबेरोजगार रहेको बताउँदै उनले अहिलेको बजेटले कृषिको संरचनागत रुपान्तरणको दिशा समातेको बताए ।

Advertisement