November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको उम्मेदवार निर्वाचित

3K

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार सञ्जय कुमार काफ्ले र उपमेयरमा जयमाला कुमारी चौधरी निर्वाचित भएका छन् ।

सञ्जय निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका शिव प्रसाद आचार्य, माओवादी केन्द्रका खिलानाथ पौडेल र एकीकृत समाजवादीका बाबुराम दाहाललाई ३ हजार बढी मतान्तरले हराउँदै नगर नगर प्रमुखमा निर्वाचित भएकन हुन् ।

काफ्लेले ९ हजार १६३ मत ल्याउँदा नेकपा एमालेका शिवप्रसाद आचार्यले ६ हजार ४२४, माओवादी केन्द्रका खिलानाथ पौडेलले ५ हजार ४६२ र एकीकृत समाजवादीको बाबुराम दाहालले ५ हजार ४६२ मत मात्र ल्याए ।

Advertisement

यस्तै नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मुना सुवेदी, माओवादी केन्द्रकी देवकी नेपाल र एकीकृत समाजवादीकी ममता कुमारीलाई हराउँदै नेपाली कांग्रेसकी जयमाला कुमारी चौधरी निर्वाचित भएका हुन् ।

चौधरीले ११ हजार ३७८ मत ल्याउँदा एमालेकी मुना देवीले ६ हजार ७४७, माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६४० र एकीकृत समाजवादीकी ममता कुमारीले ४११ मत मात्र ल्याइन् ।