November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित

4.2K

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बुलाई पराजित गर्दै उनी विजयी बनेका हुन् ।

नवनिर्वाचित अध्यक्ष राजन २ हजार ६६० मतसहित निर्वाचित भएका हुन् भने सरोज लिम्बुले २ हजार ३१२ मत पाए । जसपाकी मञ्जिता लिम्बु १५० मत सहित तेस्रो स्थानमा रहिन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसका रविन साम्रा लिम्बु निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी शान्तिमाया लिम्बु (पौडेल)लाई १४६ मत अन्तरले पराजित गरेकी हुन् ।

Advertisement

रबिनले २ हजार ३५८ मत पाउँदा एमालेकी शान्तिमायाले २ हजार २१२ मत पाइन् । तेस्रो भएका जसपाका श्रीप्रसाद लिम्बुले ३४९ मत पाएका छन् ।