काठमाडौं । नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिले पूर्णता पाएको छ । समितिले करिब ४ महिनापछि पूर्णता पाएको हो ।
गत २५ मंसिरमा प्रदेश सम्मेलन हुँदा अध्यक्षमा कृष्ण अधिकारी मात्रै चयन भएका थिए । शनिबार बसेको प्रदेश समितिको दोस्रो पूर्ण बैठकले अन्य पदाधिकारी टुंग्याएको हो ।
बैठकले उपाध्यक्षमा ध्रुव आङ्देम्बे, सुनीता रोकाय र टंकबहादुर घर्तीलाई चयन गरेको छ भने सचिवमा चित्रबहादुर घर्ती, सहसचिवहरुमा अक्कल बहादुर थिङ, बिष्णुदेव भट्ट, सीता दाहाल र कोषाध्यक्षमा तारा कुमाल चयन भएका छन् । सम्पर्क समन्वय विशेष प्रदेश समिति १ सय ७५ सदस्यीय छ ।




