June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

माओवादीलाई हराउन षड्यन्त्र भैरहेको भन्दै त्यसलाई चिर्न प्रचण्डको निर्देशन

1.6K

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई हराउनको लागि षड्यन्त्र भैरहेको भन्दै त्यसलाई चिर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेको दाहालले अबको निर्वाचनमा जित्नैपर्ने दबाब रहेको भन्दै सोहीअनुसार प्रस्तुत हुन पनि निर्देशन दिएका हुन् ।

आज काठमाडौंमा भएको उपत्यका विशेष पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अब आक्रामक भएर चुनावमा जानुपर्ने टिप्पणी गरेका हुन् ।

Advertisement

दाहालले माओवादी केन्द्रले रक्षात्मक भएर चुनावी अभियान सञ्चालन गर्न नहुने भन्दै आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन पनि दिएका छन् । उनले यो दुई महिना सेना भएर निस्कनुपर्नेमा जोड दिए ।