June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

माओवादी स्थायी कमिटी बैठक सुरु

2.4K

काठमडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान सुरु भएको छ । काठमाडौंमा ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक हुने भएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

Advertisement