February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

एमाले र जसपाका जनप्रतिनिधिले भदौ १५ देखि २२ गतेसम्म दल रोज्न पाउने

4.5K

काठमाडौं– नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्ने समय पाएका छन्।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी गठन भएको थियो।

नयाँ दल दर्ता गरी प्रमाणपत्र समेत दिइसकेपछि निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिलाई भदौ १५ गतेदेखि २२ गतेसम्मका लागि दल रोज्ने समय दिएको हो। 

Advertisement

प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफूले दल रोजेकोबारे जानकारी गराउन सक्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।