November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोहलपुरमा यात्रुबस दुर्घटना हुदाँ ५ जनाको मृत्यु, ४२ घाइते

2.7K

काठमाडौं- बाँकेको कोहलपुरमा यात्रुबस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। अन्य ४२ जना घाइते भएका छन्।

सुर्खेतबाट धरानका लागि छुटेको मे१ख ३३४७ नम्बरको बस कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिप्परसँग शुक्रबार साँझ ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डीएसपी रवीन्द्र खनालले बताए।

Advertisement

मृतकको सनाखत हुन बाँकी रहेको डीएसपी खनालले बताए। उद्धार गरिएका घाइते ४२ जनामध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।