April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

जुम्लाको ढिपुमा आगलागी हुदाँ ३५ घर जलेर नष्ट

2.9K

काठमाडौं– जुम्लाको तिला गाउँपालिका–९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्।

मुल्ली गाउँमा रहेकामध्ये ३५ घर जलेर नष्ट भइसकेको वडा अध्यक्ष शेरबहादुर बोहोराले बताए। 

मुल्ली ढिपु गाउँको वर्षायाममा ६ महिना बस्ने बस्ती हो। यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकोले सबै ढिपु गाउँमा बसेका छन्। 
मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको वडाध्यक्ष बोहोराले बताए।

Advertisement

आगो नियन्त्रण बाहिर रहेको बताउँदै उनले गाउँमा प्रर्याप्त पानी नभएको कारण आगो नियन्त्रणमा आउन नसकेको जानकारी दिए। 

आगलागी भएको खबर पाउने बित्तिकै तत्काल उद्धारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएका घटनास्थलतिर पठाइसकेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।

शनिबार राति नै सदरमुकाम खलंगादेखि गएको २० जनाको प्रहरी टोली बिहानमात्र घटनास्थल पुगेकोउनको भनाइ छ।