May 2, 2024, Thursday
२०८१ बैशाख २०
1:37:26 pm

कविता: शङ्का

लाजेहाङ साम्ब्यु
२०८१ बैशाख १

6K

तिमी इद उल फित्रमा सुभकामना दिन्छौ
भाष्य निर्माणमा खप्पिस तिमी,
मानेर चार रात्री,
माहाशिवरात्री भन्न बाध्य बनाउछौ
र, त्रिशूल बोकाउछौ
मैथिली जुडशितल पनि स्वीकार्छौ
सिथी नखः हाम्रै हो भन्छौ
र, फिब्य खः अतिक्रमण गर्छौ
गोहोरा, पाता, पेन्दिया र गुँला उत्सव
सांस्कृतिक धरोहर मान्छौ
र, दशै , तोरनल्हमा पक्षपात गर्छौ ।

ट्रहुटे पर्वमा
ति वीर योद्धाहरुलाई,
अपमान गरेर सम्झन्छौ
मेसरो, काङसोरे
र, वीर योद्धाहरुसँग
भय राख्ने तिम्रो शान्तिसँग शङ्का छ ।

माघे संक्रान्ति र गढीमाई मेला
बिरोधाभाष छ भन्यो भने,
तिमीलाई झोक चल्ला
रामनवमी, मातृऔँसी
र, नाग पञ्चमी भित्र उर्दुचक्र चलाउछौ ।
होली, छठ पर्व सँग रमाउन लगाउछौ
स्वतन्त्रता खोसिएको हरिता जस्तै,
अलिकामा बाध्य बनाउछौ
र, हामीलाई शङ्का छ ।

Advertisement

तिमी होली वाइन पिउँछौ
उधौली–उभौली
ल्होसारसँग तिमीलाई डर लाग्छ
चासोक तङनामसँग त,
तिमीलाई झनै डर लाग्छ ।
सिरुवा पर्वले बचाएको इतिहास
पक्कै बिर्सेको छौ
र, हामीलाई शङ्का छ
तिमी सधै सत्ताको उन्मादमा छौ ।

प्रयत्न गर्छौ अनि गरिरहन्छौ
देखेर आँखा नदेख्ने जस्तो,
इतिहास, सभ्यता छोप्न खोज्ने
उत्पीडन माथी कष्ट थुपार्ने
ओढिएको तिम्रो मुकुण्डो उतार्दा
परिस्कृत आफ्नै अनुहारसँग
सम्बन्ध बिच्छेद भएको हुनेछ
हामीलाई शङ्का छ
तिमी बहिरो पनि छौ ।

सभ्यताहरु, धङ्स भित्र पनि बचाउनेहरु…
सस्कृतिहरु, दमन भित्र पनि सम्हाल्नेहरु…
भाषा, लिपि, जलाई दिए पनि बटुल्नेहरु …
सहयात्री आज सम्म बनें
अन्याय भित्र शान्ति देख्ने तिम्रो संवृद्धि यात्रामा
अब त सरम लाग्नु पर्ने तिमीलाई
हामीलाई शङ्का छ
तिमी मानसिक अपाङ्ग पनि छौ ।

बहुलता भित्र एकता हामीले खोजेको हो
अन्याए भित्र न्याय कति खोज्ने ?
तोरीबारी भित्र फूलबारी
एउटै देख्ने तिम्रो आँखासँग
हामीलाई शङ्का छ
तिमी अन्धो पनि छौ ।

थाङथिलो देशको यात्री हामी
आरोप प्रत्यारोपको सहयात्री
श्रम बेच्ने र बेचिने प्रतिस्पर्धामा
दाँदे लाग्यो देशको सभ्यता माथी
फस्टायो दलालहरुको अन्तर्राष्ट्रिय उद्योग
चुसे पसिना श्रमजीवीको
अघाए ठगहरु रेमिट्यान्सले
र, डकार्छन काँचो रगत
अब हाम्रो बिश्वास टुट्नेछ
दोषी रेखाहरु नसच्चिए
यात्रा यहि टुङ्गिने छ
हामीलाई शङ्का छ
तिमी बौलाहा पनि भएको छौ ।