April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चिसोको मौसममा बढ्न सक्छ ग्याष्टिकको समस्या, यी कुरामा ध्यान दिनुहोस्

2.4K

चिसोको मौसममा विभिन्न प्रकारका समस्याले शरीरलाई घेरेको हुन्छ । साथै  ती मध्ये ग्याष्टिकको समस्या पनि एक हो । नेपालमा धेरैजसो मानिसलाई ग्याष्टिकको समस्या रहेको हुन्छ । ग्याष्टिकको समस्या चिसो मौसममा झन बढ्ने बताउँछन् स्वास्थ्यविज्ञ ।

स्वास्थ्यविज्ञका अनुसार अन्य समयमा भन्दा चिसोको मौसममा पाचन प्रक्रिया कमजोर हुने गर्दछ । चिसोको मौसमका कारण शारीरिक गतिबिधिहरु कम गर्ने तथा मसलेदार खाना खानाले पनि ग्याष्टिक बढ्ने लगायतका  समस्या निम्तिने गरेको स्वास्थ्यविज्ञ बताउँछन् ।

खानपानमा राम्रोसँग ध्यान नदिँदा, धेरै प्रकारका औषधिको सेवन गर्दा, धेरैमात्रामा खाना खाँदा, अनिदो बस्दा तथा चाहिने भन्दा बढी तनाव लिँदा पनि ग्याष्टिकले सताउने गर्दछ । ग्याष्टिक बढेको अवस्थामा यसले छातिमा पोल्ने, तथा कब्जियत पनि हुने गर्दछ । ग्याष्टिक बढ्दै जाँदा यसबाट अल्सर हुने डर हुन्छ ।

Advertisement

के-के हुन त ग्याष्टिका लक्षण ?
अमिलो र कडा खालको डकार आउनु, पेट फुल्नु, तौल घट्दै जानु,जतिखेर पनि डकार आउनु र खाना निल्न गाह्रो भएको महसुस हुनु, लगातार बाडुली आउनु, लगातार सुख्खा खोकी लाग्नु, मन बेचैन हुनु र अपच हुनुलगायतका विभिन्न प्रकारका लक्षणहरु देखापर्छन ।

के कारणले बढ्छ त ग्याष्टिकको समस्या
धेरै मासुजन्य, डेरी प्रोडक्ट तथा मसालेदार खानेकुरा खानु, धेरै चिन्ता लिनु, अत्यधिक रुपमा मदिरा सेवन तथा धुम्रपान गर्नु तथा विभिन्न प्रकारका औषधि खानु लगायतले ग्याष्टिकको समस्या बढ्ने गर्दछ ।

ग्याष्टिक हुनबाट बच्न के गर्ने त ?
ग्याष्टिकबाट बच्नका लागि धेरै मसालेदार खाना नखाने । साथै खाना एकैपटक धेरै खानुभन्दा दिनभरीमा थोरै–थोरै चार पाँचपटक हल्का खानेकुरा खाने । खाना खानेृ वित्तिकै नसुत्ने । खाना खाएपछि कम्तिमा पनि आधा घण्टासम्म विस्तरामा नजाने । यसले पाचन प्रक्रियामा असर पार्दछ ।

यदि शरीरको तौल बढिरहेको छ भने धेरै बोसोयुक्त चिल्लो खानेकुरा नखाने । चिल्लोयुक्त खानाका कारण पनि ग्याष्टिक बढेको हुनसक्छ ।
त्यस्तै पारासिटामोल, ब्रुफिन लगायतका औषधिहरु भरसक नखानु । खानै परेपनि कम खान स्वास्थ्यविज्ञ सुझाउँछन् ।

यी खानेकुरा खानुहोस्
बदाम खानाले ग्याष्टिकलाई रोक्नुका साथै पेटको दुःखाइपनि कम गर्दछ । तर, बदाम खाना खाएपछि खान राम्रो हुने र ४ वटा भन्दा बढी नखान सुझाउँछन् स्वास्थ्य विज्ञ ।

Make Coconut Water A Part Of Your Skincare Routine For These Benefits

नरिवलको पानी-नरिवलको पानी पिउँदा शरीरको पिएच एसिडिक लेवल नास हुने र शरीरमा उत्पादन हुने एसिडको गम्भीर असरबाट बचाउँछ । यसमा फाइबर युक्त पानी हुने हुनाले पाचन प्रक्रियामा पनि सहज हुने तथा उच्च रक्तचाप समेत कमगर्ने बताइन्छ ।

त्यस्तै केरा र स्याउ पनि फाइदाजनक हुन्छ । यसमा प्राकृतिक रुपमै एन्टासिड हुने हुनाले यसलाई पनि रातिको खानापछि खान सकिन्छ । यसले पेटलाई चाहिने भन्दा बढी एसिड उत्पादन हुनबाट बचाउँछ ।