जीवन जीउनको लागि अक्सिजनको मात्र होइन शरीरको रक्त संचार पनि सही हुनु आवश्यक छ । रगतले शरीरमा आवश्यक पोषक तत्वको साथसाथै अक्सिजनको पनि पु¥याएको हुन्छ ।
शारीरिक व्यायाम
शारीरिक रुपमा स्वस्थ रहनको लागि नियमित व्यायाम गर्नु पर्छ । नियमित रुपमा योगा, खेल तथा व्याटमिटन खेल्नाले मुटु रोग ठिक गर्नुको साथसाथै शरीरको रक्त प्रवाहमा पनि सुधान ल्याउछ । जति चाँडो हृयदबाट रगत पम्प हुन्छ त्यति नै रगतको प्रवाहमा सुधान हुन्छ ।
सन्तुलित खानाको सेवन
हामी जुन सुकै प्रकारको खाना खाए पनि त्यसको सिधै प्रभाव शरीरमा परेको हुन्छ । त्यसैले हामीले जहिले पनि सन्तुलित खानाको सेवन गर्नु पर्छ । फाइबर, ओमेगा–३ फ्याट एसिड, भिटामिन ए, ई र सी जस्तो पोषक तत्वको आहार सेवन गर्नाले शरीरको रक्त कोशिकामा भएको विकारबाट निर्मुल पार्दछ ।
प्रयाप्त मात्रामा पानीको सेवन
हाम्रो शरीरमा ७० प्रतिशत पानीले भरेको हुन्छ । शरीरमा पानीको अभाव हुँदा प्यास लाग्नुको साथसाथै रगतको गाढापन पनि कम हुन्छ । त्यसैले जति सकिन्छ त्यति नै धेरै पानीको सेवन गर्नु पर्छ । शरीरमा अक्सिजनको प्रवाह गर्नको लागि प्रयाप्त मात्रामा पानीको सेवन गर्नु पर्छ ।
धुम्रपानको सेवन नगर्नु
धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । यसको सेवनले कैयौ समस्याहरु निम्त्याउन सक्छ । रगतको सर्कुलेशन बनाइराख्नको लागि धुम्रपान सेवनबाट मुक्त हुनु पर्छ । धुम्रपानको सेवनले रक्त कोशिका टाइट हुन जान्छ । यसको कारणले रक्त प्रवाहमा दिक्कत हुन सक्छ । त्यसैले धुम्रपान छोड्नु पर्छ ।
नुनको सेवन सीमित
ब्लड प्रेशर हाई वा लो हुनेको मुख्य कारण नुनको कारणले हुने गर्दछ । अत्याधिक नुनको सेवनले हाई व्लड प्रेशर तथा हृदय सम्बन्धी समस्याहरु निम्त्याउन सक्छ । नुनको सिमित मात्रामा प्रयोग गर्नाले रक्त कोशिकामा सकारात्मक प्रभाव पारेको हुन्छ र यसले रक्त प्रवाहलाई पनि नियन्त्रित गर्दछ ।