April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

मृगौला रोगीले खान नहुने १० खानेकुरा

6.5K

मृगौलाको समस्या हुँदा डाक्टरले नखाउ भनेर सुझाउने खानेकुरा यस प्रकारको छ ।

सोडाः

मृगौला विकारबाट ग्रस्त मानिसहरुले सोडाको सेवन गर्नुहुँदैन । यसमा भएको फस्फोरस तपाईंको स्वास्थ्यका लागि बिल्कुल राम्रो होइन । सोडा स्वाद र रङ्ग परिवर्तन गर्नका लागि प्रयोग गरिन्छ । नुनमा पनि फस्फोरसको केही मात्रा पाइन्छ । २०० एमएल सोडामा करिब ५०–१०० मिलिग्राम फस्फोरस पाइन्छ । 

Advertisement

एभोकाडोः

पोटासियमले भरपुर एभोकाडो पनि मृगौाका रोगीहरुका लागि सही होइन । एक कप एभोकाडोमा करिब ७२७ मिलिग्राम पोटासियम पाइन्छ  जुन मृगौलाका बिरामीले बिर्सेर पनि खानु हुँदैन । मृगौलाका रोगीले खानामा पोटासियमको कम मात्रा उपयोग गर्न सल्लाह दिइन्छ । 

केराः

तत्काल ऊर्जा पाउनका लागि राम्रो स्रोत मानिने केरा पनि पोटासियमको उच्च मात्रा भएको खाना हो । यसमा सोडियमको मात्रा त कम हुन्छ तर करिब ४२२ मिलिग्राम पोटासियम हुन्छ । मृगौलाका बिरामीले आफ्नो दैनिक खान्कीमा केरा खानु भारी पर्न सक्छ । 

ब्राउन राइसः

ब्राउन राइस पनि फस्फोरस र पोटासियमको मुख्य स्रोत मानिन्छ । एक कप ब्राउन राइसमा करिब १५० मिलिग्राम फस्फोरस र १५४ मिलिग्राम पोटासियम हुन्छ । यदि तपाईं ब्राउन राइस खान बन्द गर्नुहुन्नँ भने आफ्नो डाइटमा फस्फोरस र पोटासियमयुक्त खाना कम नै खानुपर्छ । 

आलुः

आलु पनि मृगौला रोगीका लागि सही होइन । एक मध्यम आकारको आलूमा लगभग ६१० मिलिग्राम पोटासियम पाइन्छ । आलू काटेपछि त्यसलाई करिब १० मिनेटसम्म उसिनेपछि यसमा पोटासियमको मात्रालाई कम गर्न सकिन्छ ।

सुन्तलाः

भिटामिन सीले भरपुर सुन्तला पनि एक हाई पोटासियम फूड हो । एउटा ठूलो सुन्तलामा करिब ३३३ मिलिग्राम पोटासियम पाइन्छ । एक कप सुन्तलाको जूसले शरीरले लगभग ४७३ मिलिग्राम पोटासियम पाउँछ । सुन्तलाको साटो संगुर, स्याउ वा क्रेनबेरीको सेवन राम्रो विकल्प हो ।

दुग्धजन्य पदार्थः

डेयरी उत्पादनमा विभिन्न प्रकारको मिनरल र भिटामिन हुन्छ तर यसमा पनि फोस्फोरस र पोटासियमको मात्रा अत्यधिक हुन्छ । यसको अत्यधिक सेवनले मृगौला रोगीको हड्डीमा निकै नराम्रो असर पर्नसक्छ । हड्डीमा फोस्फोरस बढ्दा क्याल्सियमको कमी हुन थाल्छ जसका कारण हड्डी कमजोर हुनेगर्छ । 

गहुँको रोटीः

खाजामा खाइने कुरामा पनि विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । मृगौला रोगीले फाइबरले भरपुर गहुँको रोटी खानबाट जोगिनुपर्छ । यसमा फस्फोरस र पोटासियमको अत्यधिक मात्रा हुन्छ । यसको २० ग्राममा लगभग ५७ मिलिग्राम फस्फोरस र ६९ ग्राम पोटासियम पाइन्छ । 

क्यान सुपः

क्यानमा पाइने सुपमा सोडियमको अत्यधिक मात्रा हुन्छ जुन मृगौला रोगीका लागि कुनै पनि हालतमा राम्रो मानिँदैन । बजारमा डिब्बामा पाइने सुपबाट जति सक्दो टाढा हुनुहोस् । तपाईंले खानाका यस्ता विकल्प खोजी गर्नुपर्छ जसमा नुन वा सोडियमको मात्रा निकै कम होस् । 

गोलभेडाः

गोलभेडाको दैनिक सेवन पनि मृगौला रोगीका लागि समस्या निम्त्याउने गर्छ । एक कप टमाटो ससमा ९ सय मिलिग्राम पोटासियम पाइन्छ । यसको साटो यदि तपाईं रोस्टेड रेड पिपर सस प्रयोग गर्न सक्नुहुन्छ ।