January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

लामो समय काम गर्दा हुन सक्छ स्वास्थ्य समस्याः अध्ययन

3.7K

काठमाडौं– लामो समयसम्म काम गर्नु स्वास्थ्यका लागि हानीकारक हुने विश्व स्वास्थ्य संगठन (डल्यूएचओ) ले बताएको छ। 

लामो समय काम गर्दा उत्पन्न स्ट्रोक र मुटुको रोगका कारण १ वर्षमा  ७ लाख ४५ हजार मानिसको मृत्यु भएको डल्यूएचओको सर्वेक्षणले देखाएको छ। 

mostbet

दक्षिण पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रमा बसोबास गर्ने मानिस यसबाट सबैभन्दा बढी प्रभावित भएको प्रतिवेदनले देखाएको छ। कोरोना भाइरसको महामारीका कारण यो प्रवृत्ति झनै खराब हुन सक्ने संगठनको भनाइ छ । 

Advertisement

हप्तामा ३५ देखि ४० घन्टा काम गर्दाभन्दा ५५ घन्टा वा सोभन्दा धेरै समय काम गर्दा स्ट्रोकको जोखिम ३५ प्रतिशतले बढ्ने अनुसन्धानले देखाएको छ। 

अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा गरिएको सर्वेक्षण अनुसार लामो समय काम गरेका कारण मर्नेमध्ये करीब तीन चौथाइ अधवैंसे वा सोभन्दा बढी उमेरका पुरुष रहेको पनि अध्ययनले देखाएको छ।