April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यी हुन् गर्मी मौसममा बिरामी हुनबाट जोगिन उपाय

8K

काठमाडौं – गर्मी मौसमको आगमनसँगै पाचन प्रणाली र छाला सम्बन्धी समस्याहरूका बिरामीहरुको संख्या बढ्न सक्छ।

यो अवधिमा मौसमी फ्लू र संक्रमण जोखिम उच्च रहन्छ। बढ्दो तापक्रमसँगै शरीरको प्रतिरोधक प्रणालीलाई पनि असर गर्ने गर्छ।​

साथै, लुबाट पनि यो समयमा स्वास्थ्यमाथि असर पर्नसक्छ। गर्मी मौसममा रोगबाट बच्नका लागि केहि उपायहरु अपनाउन सके गर्मीमा हुने रोगबाट सुरक्षित हुन सक्छौँ।

Advertisement

पर्याप्त पानी पिउनुहोस् : ​पर्याप्त पानी छ भने तपाईंको शरीर ९० प्रतिशत रोगहरू विरुद्ध लड्नसक्छ। पानी शरीरको फाइबरद्वारा विभिन्न अंगमा पुर्‍याउन मद्दत गर्छ।  प्रशस्त पानी पिउँदा शरीरको पाचन प्रणाली पनि बलियो हुन्छ।​

फाइबर सेवन: फाइबरका प्राप्त गर्न सकिने खाद्यान्न, तरकारी र फलफूल नै सेवनमा जोड दिनुपर्छ। यी खानेकुराले हाम्रो पाचन प्रणाली सहज बनाउँछ‌। कब्जियत समस्यालाई पनि यसले हटाउन मद्दत गर्छ।

कफीजन्य पदार्थको कम सेवन : गर्मीमा कफीजन्य पदार्थ सेवनले  पाचन प्रणालीलाई असर गर्छ। ​अम्लीयपन निम्तिएर ग्याष्ट्रिक हुँदै अल्सरजस्ता समस्या देखा पर्छ।

व्यायाम: दैनिक रूपमा पसिना बगाउनु पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ। पसिनाले शरीरबाट फोहोर हटाउन मद्दत गर्दछ। साथै, शरीर पनि फिट र स्वस्थ राख्न सकिन्छ। हामी जति शारीरिक रूपमा सक्रिय हुन्छौं-जीवन अझ बढी आनन्दमय हुन्छ।

सूर्यको किरणबाट सुरक्षित: ग्रीष्म ऋतुमा घामको किरणबाट टाढा रहनु उत्तम मानिन्छ। यदि सम्भव भएमा तीन घण्टाभन्दा बढी घाममा नबस्नुहोस्। शरीरमा हलुका कपडा लगाउनुस्‌। धेरै समय सम्म घाममा बस्दा तपाईंलाई बिरामी पर्न सक्छ।

नियमित स्वास्थ्य जाँच: धेरैपटक हामी स्वास्थ्य समस्याका सानातिना लक्षणहरूलाई बेवास्ता गर्छौं र डाक्टरकहाँ जानबाट रोकिन्छौं।

स्वास्थ्यको मामिलामा विशेषज्ञलाई सम्पर्क गर्नु राम्रो हुन्छ। स्वास्थ्य नियमित रूपमा जाँच गराउँदा कुनै पनि प्रकारको गम्भीर समस्याबाट बच्न सकिन्छ।