April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

यी हुन् अत्याधिक गुलियो खाँदा हुने हानी

5K

काठमाडौँ- कोही कोही मानिस गुलियो भनेपछि हुरूक्कै हुन्छन् । तर, गुलीयो खानेकुरा विष समान पनि हुन सक्छ ।

तत्कालै त्यसले असर नगरे पनि गुलियो खानेकुराले कालान्तरमा अनेकौँ समस्या आइलाग्न सक्छ । आज हामी अत्याधिक गुलियो खाँदा हुने हानीबारे चर्चा गर्दैछौँ-

१. लगातार अत्याधिक गुलियो परीकार खाए थकान महसुस हुन्छ । यस्तो भए शरीरमा ब्लड सुगरको मात्रा बढेको हुन सक्छ ।

Advertisement

२. जति धेरै गुलियो खाइन्छ, त्यति खाने चाहना बढ्दै जाँदा सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्ने गर्दछ । साथै शरीर र मष्तिक बोधो हुँदै जान्छ ।

३. अत्याधिक गुलियो खाँदा छालामा गम्भीर असर पर्दछ । बढी गुलियो खाँदा छाला सुक्खा हुन्छ ।

४. धेरै गुलियो खानेकुराले मुड निराश र चिन्तित हुने गर्दछ । अझ कतिपय अवस्थामा गुलियोले मानिसलाई बढी आक्रामक र आवेगात्मक बनाउँछ ।

५. गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाउने भएकाले दीर्घ रोग र बारम्बार रुघा लाग्ने सम्भावना बढाउँछ । चिनी वा गुलियो धेरै भएको खानाले खोकीसमेत लाग्न सक्छ ।

६. नियमित गुलियो खाँदै गर्दा अस्वाभाविक रुपमा तौल बढ्ने गर्दछ । गुलियोले आमाशयमा समेत असर गरी तौल घट्नबाट रोक्छ ।– एजेन्सीको सहयोगमा