March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

विराटनगरको ‘याक्सा क्याफे बार रेस्टुरेन्टमा’ मा लोकल रुट्स मार्केट

1.7K

विराटनगर । पछिल्लो समय युवा पुस्ताहरु स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न विभिन्न अवधारणाका साथ बजारमा उपस्थिति जनाउन थालेका छन् । महिलाले लगाउने गहना होस् या खानाका परिकारहरुमा लोकल स्वाद खोज्न थालेका छन् । यसैलाई मध्यनजर गर्दै विराटनगरस्थित बरगाछीमा रहेको याक्सा क्याफे बार रेस्टुरेण्टले लोकल उत्पादनलाई प्रोत्साहन दिने उदेश्यले एकदिने लोकल रुट्स मार्केटको आयोजना गरेको छ ।

सनिबार होटलकै प्रांगणमा स्थानीय युवाहरुले उत्पादन गरेको समाग्रीको प्रदर्शनसहित विक्रिवितरण गर्नका लागि १० वटा स्टल राखिएको थियो ।

pinup pin up pin up pinup

पूर्वमा पहिलोपटक यस्तो खालको कार्याक्रमको आयोजना याक्साले सुरु गरेको आयोजकको दाबी छ । स्थानीय उत्पादनमा अगाडी बढीरहेका युवा व्यवसायीलाई थप हौसला प्रदान गर्नका लागि पनि यस्तो खालको कार्यक्रम आयोजना गरिएको याक्सा क्याफे बारका सञ्चालक टिमको भनाई छ । उनीहरुको अनुसार महिनामा एकपटक यो कार्यक्रम सञ्चालनमा ल्याउने होटल टिमले जानकारी दिएको छ।

Advertisement

स्टलमा हातबाट बनाइएको महिलाले लगाउने गहना, पेन्टिङ, उलनको व्यागहरु, लोकल कफि, लोकल रक्सि लगायतका स्थानीयस्तरमा उत्पादन भएका खानाका परिकार लगायतका समाग्रीहरु राखिएको थियो ।

यस्तो खालको कार्यक्रम काठमाण्डौमा भइरहेको भएपनि पूर्वमा भने पहिलो पटक भएको र स्टल राख्ने व्यवसायीहरुलाई निशुल्क स्थान उपलब्ध गराएको होटल सञ्चलकहरुको भनाई छ । कार्यक्रममा विभिन्न सांगित कार्यक्रमको समेत आयोजना गरिएको थियो ।