March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

उत्तर कोरियालाई शताब्दीकै अभूतपूर्व शक्तिशाली देश बनाउने लक्ष्य

2.7K

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो लक्ष्य देशलाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो देश बनाउने घोषणा गरेका छन् । उत्तर कोरियाली जनताको गरिमा र देशको सार्वभौमिकता रक्षाका लागि आणविक हतियार विकास गरिरहेको उनले बताए ।

उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासङ सेभेन्टिन क्षेप्यास्त्रको सफल प्रक्षेपणमा सैनिक अधिकारीहरुको बढुवा गर्ने आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै नेता किमले यस्तो घोषणा गरेका हुन ।

उनले विश्वकै सबै भन्दा शक्तिशाली हतियार विकास गरी देशलाई शताब्दीकै अभूतपूर्व शक्तिशाली देश बनाउने लक्ष्य रहेको बताए । अमेरिकासम्म मार हान्न सक्ने ह्वासङ सेभेन्टिन विश्वकै शक्तिशाली रणनीतिक हतियार भएको दावी समेत उनले गरे । किमले यसले उत्तर कोरिया विश्वकै शक्तिशाली सेना हो भन्ने पुष्टि गरेको दावी केसीएनएले जनाएको छ ।नेता किमले आफ्नी छोरीका साथमा सैनिक अधिकारी वैज्ञानिक तथा इन्जिनियरहरूसँग फोटो सेसन समेत गरेका थिए ।

Advertisement