नयाँ दिल्ली – भारतमा केन्द्र सरकारले ल्याएकाे कृषि विधेयकमाथि किसान आक्रोशित छन्। सरकारविरुद्ध किसान आन्दोलन जारी छ।
जारी आन्दोलन दिल्लीको सिमानामा जारी छ। आज दिल्लीको प्रवेश बिन्दुहरू घेरा गर्ने तयारी गर्दैछन्। किसानहरुको भेलालाई ध्यानमा राख्दै, पुलिसले आवागमनका लागि सिंहु र टिकारी सिमाना बन्द गरेको छ।
सरकार चाहन्छ कि सबै किसानहरू बुरारीमा कुराकानीको लागि तयार हुन्। ‘बुरारीमा हामी वार्ता बस्नको लागि तयार छैनौं। बुरारी खुला जेल हो’, किसान नेता बलदेव सिंह सिरसाले भने, सरकारले एउटा शर्त तोकेको थियो कि हामीले राजमार्ग खाली गर र बुरारीमा वार्ताको लागि तयार हौं। यो प्रस्ताव अपमानजनक छ। हामी बुरारी मैदान जाने छैनौं किनकि यो खुला जेल हो।’
आन्दोलनलाई अब निष्कर्षमा पुर्याउने उनले बताए। किसान नेता सिरसाले भने, ‘हामीसँग यति धेरै रासन छ कि हामी महिनौंसम्म सडकमा बस्नु पर्यो भने पनि हामी बस्न तयार छौं।’
गाजियाबाद सीमामा आन्दोलनकारी र पुलिसकाे साथ झडप भइसकेको छ। यद्यपि पछि किसानहरूले पनि भजन गाएर माहोलललाई केहि मत्थर पारेका थिए।
अर्कोतर्फ, सरकार आफ्नो रणनीति बनाउन व्यस्त रहेको छ। गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कृषि मन्त्री नरेन्द्र सिंह तोमरले आइतबार राति भाजपा अध्यक्ष जेपी नड्डाको घरमा बैठक गरेका थिए।