November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

यमनमा सैनिक र हुथी विद्रोहीबीच झडप हुदाँ १३ जनाको मृत्यु

2.6K

एजेन्सी- यमनमा सैनिक र हुथी विद्रोहीबीचको झडपमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

अभियान प्रान्तमा भएको झडपमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ (एसटीसी) समूहबीच झडप भएको हो ।

सोक्रममा कम्तीमा आठ विद्रोही सैन्य लडाकू र पाँच सरकारी सैनिक अधिकारीको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

Advertisement

एसटीसीहले पनि आफ्नोतर्फका आठ लडाकूको मृत्यु भएको पुष्टि गरेको छ ।

यमनको दक्षिणी क्षेत्रमा इरानको समर्थन प्राप्त हुथी समूहसँगको लडाईमा एसटीसीले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारसँग सहकार्य गरे पनि दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ ।

यमनमा हुथी समूहलाई अन्य समूहले साझा सत्रुका रूपमा हेर्दै आएका छन् ।

एसटीसी र सरकारबीच लामो प्रयासपछि सत्ता गठबन्धनका लागि भएको सम्झौताबाट एसटीसी फिर्ता भएको उक्त समूहले गत अगस्टमा घोषणा गरेको थियो ।