April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

दक्षिण भारतमा शक्तिशाली तुफानका कारण भारी वर्षा र तीब्र गतिमा हावा चल्दै

3.8K

एजेन्सी – दक्षिण भारतमा निवार नामक शक्तिशाली तुफानका कारण भारी वर्षा र तीब्र गतिमा हावा चलिरहेको छ ।

तमिलनाडु र पुण्डुचेरीलगायत ठाउँमा निरन्तर भारी वर्षा हुनुका साथै तीब्र गतिमा हावा चलिरहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । हावाको रफ्तार १ सय २० देखि १ सय ४५ किलोमिटर प्रतिघण्टा रहेको मौसम विज्ञान विभागलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

तमिलनाडु र पुण्डुचेरीका एक हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । चेन्नई र पुण्डुचेरीमा अझै तीन घण्टा भारी वर्षा र तीब्र गतिमा हावा चल्ने चेतावनी दिइएको छ । तुफानका कारण दक्षिण–पश्चिम रेलवेले एक दर्जन भन्दा धेरै रेल सेवा आजका लागि बन्द गरेको छ ।

Advertisement

सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि ३० टिम तयार पारिएको छ । मौसम विभागका अनुसार दक्षिण आन्ध्र प्रदेशको तटवर्ती क्षेत्रमा पनि भारी वर्षा र तीब्र गतिमा हावा चल्ने सम्भावना छ । निवार तुफानका कारण तमिलनाडुका १३ जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।