April 18, 2026, Saturday
२०८३ बैशाख ५
1:37:26 pm

मरेको कुखुराको मासु खाएका २ जनाको मृत्यु

20

कैलालीमा मरेको कुखुराको मासु खाएका २ जनाको मृत्यु भएको छ । बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो ।

मृत्युभ एका दुवै जना सहोदर दाजुभाइ हुन् । उनीहरुको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा ज्यान गएको कैलाली प्रह।रहरीले जनाएको छ ।

उनका अनुसार ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

Advertisement