July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

पुटिनले दिए विश्वव्यापी संघर्षको चेतावनी

1.3K

लन्डन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको जारी युद्ध विश्वव्यापी संघर्षमा विकसित हुँदै गएको बताएका छन् । उनले संयुक्त राज्य अमेरिका र बेलायतलाई युक्रेनलाई रूसमाथि आक्रमण गर्न सक्षम बनाएको आरोप लगाउँदै, मस्कोले युक्रेनी सैनिक सुविधामा लक्षित गर्दै नयाँ हाइपरसोनिक मध्य–रेंज बलिस्टिक मिसाइल प्रहार गरेको जानकारी दिए ।

पुटिनले पश्चिमबाट आउने कुनै पनि आक्रामक क्रियाकलापमा मस्कोको निर्णायक प्रतिक्रिया हुने चेतावनी दिएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ । उनले भविष्यका आक्रमणहरूका लागि नागरिकहरूलाई सूचना दिइने पनि बताएका छन् । युक्रेनको मिसाइल आक्रमणले कुनै गम्भीर क्षति नपु¥याए पनि कुर्स्क क्षेत्रमा स्टोर्म स्याडो आक्रमणले मानिसहरूको मृत्यु र घाइते गराएको बताए ।

रूसका नेता पुटिनले आफ्नो देशले अरू देशका सैनिक सुविधाहरूलाई लक्षित गर्ने अधिकार राख्ने बताउदै रूसको चासोमा प्रयोग हुने हतियारहरूलाई अनुमति दिइने बताए । उनले रुसले युक्रेनको महत्त्वपूर्ण भौगोलिक क्षेत्र, जस्तै क्राइमिया र डोनबास क्षेत्र नियन्त्रणमा लिएको उल्लेख गर्दै भविष्यमा पुटिनको विजयले नाटो सदस्यहरूलाई पनि धम्की दिन सक्ने डर व्यक्त गरे।

Advertisement

पुटिनले ‘ओरेश्निक’ नामको नयाँ मध्य–रेंज हाइपरसोनिक बलिस्टिक मिसाइलको सफल परीक्षण गरेको कुरा पनि बताए, जुन युक्रेनी शहर डनिप्रोमा एक रक्षा उद्योगमा प्रहार गरिएको थियो । उनले पश्चिमी सैनिक विस्तारको डरका बीचमा हतियारको दौडमा थप उचाइ थपेको बताए ।

पुटिनले २०१९ मा इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स संधिबाट अमेरिकाले एकतर्फी रूपमा बाहिरीनु रुसको उल्लंघन गरेको दाबी गरे । उनले भने, ‘रुसले यस्ता मिसाइलहरूलाई तैनात गर्न प्रतिबद्धता जनाएको छ । जबसम्म अमेरिकी हतियार यस्ता कुनै क्षेत्रको उपस्थितिमा हुँदैन ।’