May 1, 2024, Wednesday
२०८१ बैशाख २०
1:37:26 pm

रूसी सेनामा गएकालाई फर्काउन माग गर्दै परिवारले सुरु गरे माइतीघरमा अनसन

445

काठमाडौं । रूसी सेनामा आवद्ध भई सम्पर्कबिहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै उनीहरूको परिवारले माइतीघर मण्डलमा अनसन सुरू गरेका छन्।शुक्रबार काठमाडौंको माइतीघरमा २५/३० जनाले अनसन सुरू गरेका हुन् ।

पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी संयोजक कृतु भण्डारीले रूसी सेनामा रहेका नेपालीलाई पटकपटक उद्धार गरिदिन सरकारसँग आग्रह गरेको तर चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको बताइन् ।

उनका अनुसार रूसी सेनामा आवद्ध भएका एक हजार भन्दा बढी पीडितहरू उनको सम्पर्कमा आएका छन्। कतिपय व्यक्तिहरू लामो समयदेखि सम्पर्कबिहीन छन्।

Advertisement

पीडितका परिवार लामो समयदेखि कहिले सडक र सदनमा आफ्ना परिवारलाई फर्काउन माग राख्दै आवाज उठाउँदै आएका छन्।