March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

गाजामा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्र संघ महासभाको माग

1K

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल युद्धविरामको माग गरेको छ । मंगलबार महासभामा भएको मतदानमा बहुमतले गाजामा तत्काल युद्धविरामको माग गरेको हो ।

महासभाबाट बहुमतले पारित भएको प्रस्तावमा तत्काल मानवीय युद्धविराम, सबै बन्धकलाई बिनाशर्त तत्काल रिहा गर्न र मानवीय पहुँच सुनिश्चित गर्न माग गरिएको छ । 

प्रस्तावको पक्षमा नेपाल, भारत, चीन, रुस, जापान, अस्ट्रेलियालगायतका १५३ मुलुकले मतदान गरेका छन् । प्रस्तावको विपक्षमा इजरायल, अमेरिका, अस्ट्रियालगायतका १० देशले मतदान गरे । त्यस्तै अर्जेन्टिना, युक्रेन, जमर्नी, बेलायतलगायतका २३ देश भने मतदानमा अनुपस्थित रहे ।

Advertisement