May 10, 2025, Saturday
२०८२ बैशाख २७
1:37:26 pm

इजरायलद्वारा गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण, दर्जनौंको मृत्यु

1.4K

लन्डन । इजरायलले युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ । आइतबार गरेको आक्रमणमा दर्जनौँको मृत्यु हुनुका साथै सयौं घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली हवाई आक्रमणले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाई आक्रमण गरेको थियो । उक्त घटनामा पछिल्लो केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ ।

यसैबीच, गाजा सहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

Advertisement

यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा सहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौँ मानिस मारिएको र घाइते भएको बताएको छ ।