काठमाडौं । इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । टेलिभिजन सम्बोधनमार्फत् प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् ।
‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो’, उनले भने ।
इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध जारी छ । हमासको आक्रमणमा १० नेपालीहरुको पनि मृत्यू भएको छ । युद्धमा परेर बालबालिका र सर्वसाधारणहरुसहित ८ हजारभन्दा धेरै मारिइसकेका छन् । यसबीचमा इजरायललाई युद्ध रोक्न अन्तरास्ट्रिय दबाब छ । लाखौं नागरिक विस्थापित भएका छन् ।
इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने यो युद्धको समय हो भन्दै इजरायल हमाससँग युद्ध विराम नगर्ने बताएका छन् । उनले यो युद्ध इजरायलको साझा भविष्याका लागि भएको बताएका छन् ।