April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ८, ५०० पुग्यो

२०८० कार्तिक १३

1.7K

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ८, ५०० पुगेको छ । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ ।

सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।

इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।

Advertisement

गाजामा राहत वितरणमा समेत अवरोध भएको छ ।