April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना खोपको स्वीकृतिप्रति भारत सरकारको आलोचना

3.4K

नयाँदिल्ली–भारतले कोरोनाविरुद्धको खोप ‘कोभाक्सिन’ लाई दिएको स्वीकृतिप्रति आलोचना हुन थालेको छ। तेस्रो चरणको परीक्षण जारी रहेको र प्रभावकारिताबारे यकिन तथ्यांक उपलब्ध भइनसकेको अवस्थामा हतारमा स्वीकृति दिइएको भन्दै आलोचना भएको हो।

‘कोभाक्सिन’ लाई भारतीय कम्पनी भारत बायोटेकले निर्माण गरेको हो।  भारतीय नियामक निकाय ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले गत आइतबार यसलाई स्वीकृति दिएको थियो।

संक्रामक रोग विशेषज्ञ डा. जयप्रकाश मुलयिलले सरकारको यो निर्णय हतारमा भएको बताएका छन्। यस्तै,भारतीय विपक्षी दलहरुले सरकारले खोपमा  राजनीतिक गरेको आरोप लगाएका छन्।

Advertisement