काठमाडौँ – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोड बाइडेनले आगामी हप्ता कोरोना विरुद्धको भ्याक्सिन (खोप) लगाउने भएका छन्। अमेरिकी अधिकारीका अनुसार नागरिकलाई थप आत्मविश्वास प्राप्त मिलोस भन्नका लागि उनले खोप लगाउन लागेको रोयटर्सले उल्लेख गरेको छ।
उपराष्ट्रपति माइक पेन्सले शुक्रबार खोप लगाउने ह्वाइट हाउसले बताएको छ। दुवैले खोप सुरक्षित रहेको भन्न विश्वास दिलाउनलाई खोप लगाउन लागेका हुन्। कोरोनाविरुद्धको खोप आगामी वर्ष सार्वजनिक रुपमा सबैले पाउने छन्।
बाइडेनले खोपको लागि आवश्यकता भन्दा अगाडि बढन नचाहेको प्रस्ट पारेका छन्। ‘अमेरिकी नागरिकलाई अहिले भइरहेको प्रदर्शन सुरक्षित छ भनेर भन्न चाहन्छौ,’ नवनिर्वाचित राष्ट्रपति बाइडेनले बुधबारको कार्यक्रममा भने।