April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

कोरियाली प्रायद्विपमा शान्ती र एकताको लागि धार्मिक अगुवाहरुको ऐक्यबद्धता

5.9K

सियोल । विभिन्न धर्म परम्पराका विश्वभरबाट बीस हजार भन्दा बढी धार्मिक नेताहरूले विश्वव्यापी रूपमा शान्तिको लागि प्रार्थना गरेका छन । “कोरियाली प्रायद्वीपको पुनः एकीकरण र शान्तिका लागी अन्तरधार्मिक सभा विषयक समारोहमा शान्तिको लागि कामना गरिएको हो ।

दश लाख भन्दा बढी मानिसहरूले विभिन्न सामाजिक सञ्जाल र मिडिया प्लेटफर्महरू मार्फत प्रार्थना र्‍यालीमा भाग लिएका थिए भने दक्षिण कोरियाको राजधानी सियोलको उत्तरतर्फ रहेको चोङ्गशिम पीस वर्ल्ड सेन्टरमा कोभिड स्वास्थ्य मापदण्ड पालना गरि १,२०० जना उपस्थित भएका थिए । अन्यले डिजिटल प्ल्याटफर्मबाट भाग लिएका थिए । यो समारोह इतिहासकै सबैभन्दा ठूलो र सबैभन्दा विविध अन्तरधार्मिक भेला थियो ।

डा सन म्योङ्ग मुन र डा. हाक जा हान मुनद्वारा स्थापित युनिभर्सल पिस फेडेरेसन र वाशिंगटन टाइम्स फाउन्डेशनद्वारा उक्त समारोह आयोजना गरिएको थियो । विश्वप्रसिद्ध धार्मिक नेत्री पास्टर पाउला ह्वाइटले मदर मुनलाई यो ऐतिहासिक धार्मिक सभा आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । पाउला ह्वाइट विगत २२ वर्षदेखि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार छन् । पास्टर ह्वाइटले भने ,“मदर मुनले आयोजना गरेको यो र्‍याली कुनै मौसम परिवर्तन नभएर युग परिवर्तन हो । जुन नयाँ एकीकृत कोरिया र ईश्वरको छत्रछायामा एक विश्वको संवाहक बनेर इतिहासमा दर्ज हुनेछ ।”

Advertisement

समारोहमा उत्तर र दक्षिण कोरियासँग कूटनीतिक सम्बन्ध भएका १५७ राष्ट्रका ८० सम्प्रदायको प्रतिनिधित्व गर्ने प्रार्थना र शान्तिका सन्देशहरू प्रस्तुत गरिएको थियो । दक्षिण कोरियाका विभिन्न धर्मका धार्मिक नेतृत्वहरु प्रत्यक्ष सहभागी भई कोरियाली प्रायद्विपमा शान्ती र एकताको लागि ऐक्यबद्धता जनाएका थिए । साथै विशप मुनिब युनान, प्रोटेस्टेन्टवादको प्रतिनिधित्व गर्ने प्यालेस्टिनी विशप एमेरिटस,इस्लामबाट इन्डोनेसियाका ग्रान्ड इमाम नसरुद्दीन उमर ,अन्टर उमत बेरागामा उप–प्रधानमन्त्री (२०११–२०१४) इन्डोनेसियाली धार्मिक मामिला मन्त्रालयबाट,क्याथोलिक धर्मको प्रतिनिधित्व गरि कार्डिनल केल्भिन फेलिक्स,जापानबाट शिन्टोवादको प्रतिनिधित्व गरि रेभ. तोकुसु मुरे , अफ्रिकी अध्यात्मवादको प्रतिनिधित्व गर्ने अगमवक्ता शमुयल राडेबे बौद्ध धर्मको प्रतिनिधित्व गरि डा. खाय सोभनरत्न, प्रेह सिहानोक राजा
र भारतबाट हिन्दुधर्मको प्रतिनिधित्व गरि आर्ट अफ लिभिङका संस्थापक गुरुदेव श्री श्री रविशंकरले सम्बोधन गरेका थिए ।

शान्तिदुत समेत रहेका गुरु रविशंकरलाई भेट्न केही हप्ताअघी मात्र युनिभर्सल पिस फेडेरेसन एसिया प्यासिफिक अध्यक्ष, नेपालका पूर्वमन्त्री एकनाथ ढकालसहितको समूह ब्याङ्लोरमा रहेको उहाँको आश्रममा पुगेका थिए । मदर मुनको संस्मरण (शान्तीपृय आमा)मदर अफ पिस नामले प्रसिद्ध छ , जसले धार्मिक नेताहरूलाई स्वार्थ ,भौतिकवाद र आत्म–भोगभन्दा माठी उठेर नेतृत्व गर्न आह्वान गर्दछ ।

समारोहमा मदर मुनले सम्पुर्ण धार्मिक सम्रदायका मानिसहरुलाई आफ्नो धर्मको सच्चा अनुयाइ बनी विश्वशान्तिका लागि आ–आफ्नो तर्फबाट योगदान गर्न आग्रह गरे । उनले भने “स्वतन्त्रता, एकता, र खुशीका लागि हामीले हाम्रो सृष्टिकर्ता इश्वरसँग एकाकार हुन सक्नुपर्छ । जसका लागि सम्पूर्ण धार्मिक नेतृत्वले मानवजातीलाई ईश्वरको छत्रछायामा ल्याउन भूमिका खेल्न आवस्यक छ ।” उनले धार्मिक मानिसहरुले शान्तिको पक्षमा उभिएर कोरियाली प्रायद्विपमा शान्ती स्थापना गर्न गहन भूमिका खेल्न पनि सुझाए । तीन घन्टाको उक्त कार्यक्रममा विश्वस्तरिय मनोरञ्जन प्रस्तुत गरिएको थियो । जसमा लिटिल एन्जल्स लोक ब्याले, अन्तर्राष्ट्रिय शान्ति गायक, पवित्र बौद्ध धर्मग्रन्थहरूको धार्मिक प्रस्तुति, र एक परम्परागत कोरियाली गायन समावेश थियो ।

उक्त शान्ती प्रार्थना र्‍यालीमा नेपालबाट विभिन्न धर्मको प्रतिनिधित्व गरि १२ जना धार्मिक गुरुहरु प्रत्यक्ष सहभागी भएका थिए । जसको नेपालीसहित १४ भाषामा प्रसारण गरिएको थियो ।