April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतमा थपिए २५ हजार ४२० संक्रमित, ३८५ संक्रमितको मृत्यु

1.9K

काठमाडौँ– भारतमा थप २५ हजार ४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख ४८ हजार ९६९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ४१ हजार ८२ जना संक्रिय संक्रमित छन् ।

Advertisement

यस्तै त्यहाँ एकैदिन ३८५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ७८४ पुगेको छ ।