मेक्सिकोमा एक सुपर मार्केटमा विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । शनिबार सोनोरा राज्यको हर्मोसिलोको केन्द्रमा रहेको वाल्दोको स्टोरमा विस्फोट हुँदा अरू ११ जना घाइते भएको अल जजिराले समाचार छापेको छ ।
समाचारका अनुसार मर्नेमा कयौँ नाबालिग भएको राज्यका गभर्नर अल्फोन्सो दुराजोले एउटा भिडियो सन्देशमा भनेका छन् । यस घटनामा परेर बाँचेकाहरूको हर्मोसिलोकै एक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
सुपर मार्केटमा सर्वसाधारणमाथि आक्रमण भएको वा हिंस्रक कार्य भएको सम्भावनाको स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले अस्वीकार गरेका छन् ।
सप्ताहन्तमा मेक्सिकोमा ‘डे अफ दि डेड’ मनाइरहँदा यो घटना भएको हो ।