March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

भारतमा थपिए ३५ हजार संक्रमित, ४४० संक्रमितको मृत्यु

2.1K

काठमाडौँ– भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २०१ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ८५ हजार १०१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७४ हजार १४४ जना संक्रिय संक्रमित छन् ।

Advertisement

यस्तै त्यहाँ एकैदिन ४४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार ५५२ पुगेको छ ।