September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

उत्तरी रसुवामा डेंगुका बिरामी फेला

815

रसुवा । उत्तरी रसुवाको भू–भागमा समेत डेंगुका बिरामी फेला परेका छन्। ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइराखेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले एकजना डेंगुका बिरामीलाई अस्पतालको अन्तरंग कक्षमा राखी उपचार गरिरहेको जानकारी दिए।

समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेंगु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुटेप्रति सावधान रहन सुझाव दिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ ।

Advertisement

मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेंगु सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्यदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउन आग्रह गरे। उनले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाँडा छोपेर राख्न सुझाव दिए।