April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एचआईभी परीक्षण किट खरिदमा वजेट अभाव, पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति

1.8K

काठमाडौं । एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुदाँ पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएको छ ।
बिहीबार काठमाडौंमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धीत लान्छना तथा भेदभाव न्युनिकरणका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नभएको गुनासो आएको हो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटाले एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुदाँ पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएको बताइन् । ७७ जिल्लामा एचआईभी रोकथामका कार्यक्रम नहुँदा, संक्रमितहरुप्रति समाजमा भेदभाव तथा लान्छना यथावत रहेको र सबै गर्भवती, सुत्केरी महिलाहरु एचआईभी परीक्षणको पहुँचमा छैनन्,’ डा.देवकोटाले भनिन् ‘एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुदाँ पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएका छ ।’ डा.देवकोटाले यसअघि एआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’को उपचार हुने गरेकोमा अबदेखि हेपाटाइटिस ‘सी’ को मात्र उपचार हुने बताइन ।

डा.देवकोटाले भनिन् ‘नयाँ एचआईभीका संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुले स्वास्थ्यसम्बन्धी सुधार ल्याउँने र एचआईभी संक्रमित तथा मुख्य समुहहरुमा एचआईभी सम्बन्धित असमानताहरुमा कमी ल्याउँने रहेको लक्ष्य रहेको छ ।’ आर्थिक वर्ष २०७७ र ०७८ मा ५६ करोड ४८ लाख ८५ हजार थियो । भने २०७८/०७९ मा ५६ करोड ५२ लाख थियो र तर यस आर्थिक वर्ष २०७९/०८० मा ५५ हजार ९७ लाख बजेट रहेको केन्द्रकी निर्देशक डा।देवकोटाले जानकारी दिइन् । डा.देवकोेटाले पहिलाको तुलनामा बिरामीको संख्या बढ्दै गएको तर बजेट भने घटेको बताइन् ।

Advertisement

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल एचआईभी एड्सका अनुमानित ३० हजार संक्रमित छन् । जसमा महिला भन्दा पुरुष बढी छन् । पुरुष १६ हजार ४०० रहेका छन् । जुन संख्याको ५५ प्रतिशत हो भने महिला १३ हजार ६०० छन् । १४ बर्षमुनिका बालबालिकाहरु १२ सय रहेको तथ्यांक छ । सो संख्या कूल संख्याको ४ प्रतिशत हो । हरेक वर्ष ६८० नयाँ एचआईभी संक्रमित थपिने गरेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

त्यसैगरी, एचआईभी संक्रमित गर्भवती महिलाहरुको संख्या ९जसलाई आमाबाट बच्चामा हुने संक्रमणको निवारण गर्ने सेवाको आवश्यकता छ० २०० जना रहेको केन्द्रले जनाएको छ । केन्द्रकी निर्देशक डा.देवकोटाका अनुसार एचआईभी रोकथाम कार्यक्रहरु नयाँ एचआईभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समुहहरुलाई प्राथमिकतामा राखि समयमा नै सेवा पुर्याउनुपर्ने र प्रदेश, स्थानीय स्तरका प्रयोगशालामा क्षमता अभिवृद्धि गर्ने जस्तै मानव संसाधन बजेट, पुर्वाधार लजिस्टिक्स र आपुर्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ । नेपालबाट २०३० सम्ममा एचआईभी एड्स उन्मुलन गर्ने सरकारको लक्ष्य छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनलेभने, ‘एचआइभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ ।’

कार्यक्रममा इपीक नेपालका राजेश खनालले संस्थाले पहिला कुन समुदायमा एचआइभी संक्रमित छन् त्यो खोज्ने गरेको बताए । ‘एचआईभी नेगेटिभ भएकाहरुमा नेगेटिभ राख्ने विषयमा यस संस्थाले काम गर्दै आएको छ,’ खनालले भने ।

सो संस्थाले सात प्रदेशमा ३७ जिल्लामा काम गर्दै आइरहेको छ भने ३८७ नगरपालिकामा यो संस्थाले सेवा दिदै आएका छ । खनालका अनुसार पहिला पहिला एचआईभी एडस रगतबाट जाँच गरिन्थ्यो भने अहिले र्यालबाट एचआईभी परीक्षण भईरहेको छ ।

कार्यक्रममा सेव द चिल्ड्रेनका सुजन वन्तले १६ मार्च २०२१ देखि ३१ जुलाई २०२४ सम्ममा एचआईभी संक्रमित उपचारका कार्यक्रम सञ्चालन गरिने बताए । सो संस्थाले मुख्य चार तहमा २८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा एएचएफका अजित पौडेलले एआरटी सेवामा आउन सहयोग गर्ने गरेको बताए । पौडेलले सो संस्थाले एआरटी सेवा लिईरहेकालाई औषधी लिने समयबारे घरमै गएर जानकारी दिने गरेको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्ररमण सिंहले एचआईभी संक्रमितलाई गरिने विभेद र लान्छना सबै समुदाय मिलेर घटाउन सकिने बताए । ‘एक जना मात्र लागेर हुदैंन सबै समुदाय लागेर मात्र यो भेदभाव र लान्छना अन्त्य गर्न सकिन्छ,’ उनले भने ।