November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आइसियू र भेन्टिलेटरमा ४५३ संक्रमित उपचाररत

2.6K

काठमाडौं- देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू÷र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६५ जना भेन्टिलेटरमा र ३ सय ८८ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्। आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७६ जना आइसियू र ४१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७५ जना आइसियू र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आइसियू र ९ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ६ आइसियू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ९ आइसियू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८४ आइसियू र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियू उपचाररत रहेका छन्।  यसअघि  बुधबार ४ सय २९, मंगलबार ४ सय ३३, सोमबार ४ सय ३३, आइतबार ४ सय १४ जना संक्रमित आइसियू÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।

Advertisement

नेपालमा २ लाख ३७ हजार ५ सय ८९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये  २ लाख २० हजार २ सय ७२ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ५ सय ५१ जनाको मृत्यू भएको छ।