
काठमाडौं । नेपाल–भारत सीमामा लगाइएको भन्सार कर नीति खारेज गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
कर सीमामा लागू गरिएको १०० रुपैयाँ भन्दा माथिको भन्सार कर नीति तत्काल खारेज गर्न माग गर्दै शनिबार युथ फर ट्रुथले माइतीघर मण्डलामा प्रदर्शन गरेका हो ।
उनीहरुले ‘महँगी सहिंदैन’, ‘सिमामा रोक, जनताको शोक’, ‘कर बढी चाहिंदैन’, ‘महँगी घटाउ राहत दिलाउ’जस्ता नारासहितको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले सीमामा लगाइएको सो प्रावधान तत्काल खारेज गर्न माग गरेका छन् ।