April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

अर्थमन्त्री प्रकाशशरण महत लन्डनमा

२०८० कार्तिक १२

1.6K

लन्डन । नेपालका अर्थमन्त्री प्रकाशशरण महत लन्डन आइपुगेका छन् । उनी लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन लन्डन आइपुगेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित शनिबार साँझ हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रिँएका मन्त्री महतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीले स्वागत गरेका थिए ।

मन्त्री महतले बेलायत सरकारसँगको समन्वयमा दूतावासले गर्न आगेको लगानी सम्मेलनमा प्रस्तुती दिने कार्यक्रम रहेको छ । मंगलबार दिउँसो लन्डन म्यान्सन हाउसमा ‘इमर्जिङ नेपालः अपरचुनिटिज फर इम्प्याक्ट इन्भेस्टमेन्ट एन्ड ट्रेड’ विषयक सम्मेलन हुँदैछ । सम्मेलनमा मन्त्री महतले ब्रिटिस लगानीकर्ता र विकास साझेदार कम्पनीहरूसमक्ष नेपालमा लगानीको वातावरण, कानुनी व्यवस्था, सरकारका प्रस्ताव र लगानीका सम्भावित क्षेत्र आदिबारे प्रस्तुति दिनेछन् ।

Advertisement

सम्मेलनको मुख्य उद्देश्य नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउने वातावरण बनाउनु  रहेको मन्त्री महतले बताए ।

यसैबीच, मन्त्री महतको सम्मानमा राजदूतावास र जनसम्पर्क समिति बेलायतले क्रमशः सोमबार र आइतबार बेग्लाबेग्लै कार्यक्रम गर्ने भएका छन् ।